सांग्रिला बैंकका ग्राहकले होटल शारा पोखरामा ३०% सम्म छुट पाउने

सांग्रिला बैंकका ग्राहकले होटल शारा पोखरामा ३०% सम्म छुट पाउने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखराको होटल शारामा विशेष छुट पाउने बिषयमा सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, पेय पदार्थ तथा साउना, स्पामा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले हालसम्म मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै सेवा प्रबाह गरिरहेको छ  ।