किसान लघुवित्तको संस्थापक शेयर विक्रीमा, जो कोहिले आवेदन दिन पाउने

किसान लघुवित्तको संस्थापक शेयर विक्रीमा, जो कोहिले आवेदन दिन पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।

सोमवार सूचना जारी गर्दै कम्पनीले उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय धनगढी २ कैलाली वा कम्पनीको कर्पोरेट कार्यालय बूढानीलकण्ठ ८, काठमाडौंमा निवेदन पेश गर्न सक्ने कम्पनीले बताएको छ ।