११% बोनस लाभांश र सञ्चालक नियुक्त गर्ने विशेष प्रस्तावसहित नेपाल इन्स्योरेन्सको साधारण सभा आव्हान

११% बोनस लाभांश र सञ्चालक नियुक्त गर्ने विशेष प्रस्तावसहित नेपाल इन्स्योरेन्सको साधारण सभा आव्हान


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्यारेन्स कम्पनीले आगामी चैत ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा ७३औं सभा बोलाएको हो ।

सो सभाले इन्स्योरेन्सको प्रस्तावित ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नथद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पारितपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकहरु निर्वाचित गर्दै छ । जसमध्ये संस्थापक सेयरधनी समूहबाट २ र सर्वसाधारण सेयरधनीको समूहबाट २ जना रहेका छन् ।

त्यस्तै, सञ्चालक समिति तथा उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने इन्स्योरेन्सको विशेष प्रस्ताव छ ।

सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै जेठ १६ गतेसम्म कायम सेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुने छन् ।