बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र सेन्चुरी कमर्सियल बैंकबीच ‘पार्टनर बैंक’ सम्झौता भएको छ । हालै काठमाडौंमा दुवै संस्थाबीच उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार डिजिटल सहजताका लागि आइएमई पे मोबाइल वालेट एपमा सेन्चुरी बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न मिल्नेछ ।
सम्झौतापत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) आमोद भट्टराई र सेन्चुरी बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका छन् ।
हालसम्म नेपालका २३ बैंक तथा वित्तीय संस्थासँग यस्तो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपका विभिन्न फाइदा भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार सेन्चुरी बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न सक्छन् ।
उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेन्चुरी बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अद्यावधिक गरिएको छ ।
प्रतिक्रिया