अन्नपुर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका गहकले १०% छुट पाउने

अन्नपुर्ण केबलकार चढ्दा माछापुच्छ्रे बैंकका गहकले १०% छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरि व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबलकार प्रा.लि.को तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अन्नपुर्ण केबलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउदै आई रहेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकट काट्दा बिलमा १०% सम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।