नबिलमा एनबी बैंक गाभिने पक्का, दुवै बैंकले साधारणसभाबाट पाए स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले एनबी बैंकलाई र एनबी बैंक नबिल बैंकमा गाभिने पक्का भएको छ । दुवै बैंकको हिजो (जेठ ७ गते) भएको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको हो ।

दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) विशेष साधारणसभा बोलाएका थिए । दुवै बैंकको विशेष साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै अब दुवै बैंक एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा अगाडि बढ्नेछ ।

\"\"

दुवै बैंकको साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बताइएको छ । एनबी बैंकका सूचना अधिकारी विश्व प्रकाश पौडेलले एनबी बैंकले विशेष साधारणसभामा पेश गरेका सबै एजेण्डाहरु सर्वसम्मत पारित भएको बताए । उनका अनुसार अब एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्नेछ ।

यस्तै, नबिल बैंकका कर्पोरेट कम्युनिकेशन हेड कृष्ण सुवेदीले पनि नबिल बैंकमा एनबी बैंक गाभ्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बताए । उनले पनि सभामा प्रस्तुत भएका सबै प्रस्तावहरु स्वीकृत भएको बताए ।

\"\"

यस्तो बन्नेछ बैंक
एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

नबिलले एनबी बैंकलाई ४३ रुपैैयाँमा भाग्न लागेको हो । यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।

हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।