आरटीजीएस प्रणालीमा थप ४ वित्तीय संस्था एनसीएचएलमार्फत आवद्ध

आरटीजीएस प्रणालीमा थप ४ वित्तीय संस्था एनसीएचएलमार्फत आवद्ध


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध भएका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स र इन्भेष्टमेन्ट एण्ड फाइनान्स उक्त उक्त प्रणालीमा आवद्ध भएका हुन् ।

योसँगै नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजिएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

यसअघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएस मार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत् २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणाली मार्फत ४३.४ खर्ब बराबरको ६५,३७६ भुक्तानी कारोबारहरु फर्छ्यौट भइसकेको छ ।