महालक्ष्मी विकास वैंकका ग्राहक तथा कर्मचारीले ओम हस्पिटलका विभिन्न सेवामा विषेश छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास वैंक लि.ले आफ्नो अट्ठाइसौ स्थापनाको दिवसको अवसर पारेर मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई शुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैंकको चिप्लेढुङ्गा शाखाको अगुवाइमा पोखरा ओम हास्पिटल डाइग्नोस्टीक एण्ड रिसर्च सेन्टर प्रा.लि. संग मिति २०७९ जेठ ५  गते सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस वैंकका कर्मचारी तथा ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउदा विभिन्न सेवा शुल्कमा छुट पाउने छन् ।

सम्झौता अनुसार यस वैंकको क्युआर कोड, डेविट कार्ड वा मोवाइल वैकिङ्ग मार्फत भुक्तान गर्दा वेड चार्ज, अपरेसन चार्ज, ल्याव चार्ज आदिमा १२%, र फार्मेसीमा ७.५०% सम्म छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा अस्पतालका तर्फवाट अस्पतालका प्रवन्ध निर्देशक प्रो.डा. देव कुमार थापा र वैंकका तर्फवाट चिप्लेढुङ्गा पोखरा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले हस्ताक्षर गर्नु भएको हो ।
यस किसिमको सहकार्य वाट वैंकका ग्राहकहरु लाभान्वित हुने तथा Digital Payment System मा आकर्षित हुने र अहिले विश्वभर फैलिरहेका विभिन्न प्रकारका संक्रमण रोगहरु निवारणको लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास वैैकले लिएको छ ।
 
वैंकले आफ्नो अट्ठाइसौ स्थापना दिवसको अवसरमा देशभर फैलिएर रहेका विभिन्न शाखाहरु मार्फत रक्तदान, वृक्षारोपण, वित्तिय साक्षरता कार्यक्रम तथा अन्य विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु  संचालन गरेको छ । 

यस वैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं.२ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्विनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरि कुल १०३ वटा शाखाहरु मार्फत करिव ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।