बजेट मार्फत घट्दो शेयर बजारलाई संम्बोधन गरेर पूँजी बजारमा नयाँ तरंग ल्याउनुपर्छ: विनोद चौधरी

बजेट मार्फत घट्दो शेयर बजारलाई संम्बोधन गरेर पूँजी बजारमा नयाँ तरंग ल्याउनुपर्छ: विनोद चौधरी


बैंकिङ्ग समाचार, काठमाडौं ।
उद्योगपति तथा नेपाल कांग्रेसका सांसद विनोद चौधनरीले लगानीकर्ताले पूँजी बजारबाट एक तिहाइ सम्पत्ती गुमाएको भन्दै आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन हुनु पर्ने बताएका छन् । प्रतिनिधिसभामा भइरहेको पुर्व बजेट छलफलमा उद्योगपती चौधरीले अर्थतन्त्रमा परम्परागत समस्याहरु देखिएको बताएका छन् ।

उनले सरकारले पूँजीगत खर्च गर्न नसक्नु, संरचनागत विकास नहुनु, बैंकमा तरलता नहुनु जस्ता पुरानै समस्या दोहोरिएको भन्दै अव आउने बजेटले नयाँ सन्देश दिनुपर्ने बताए ।

विनोद चौधरीले पूँजी बजारमा नयाँ तरंग ल्याउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् उनले संसदमा सम्बोधन गर्दै बजेटले पूँजी बजारमा नयाँ तरंग ल्याउनु पर्ने बताएका हुन् ।

धेरै नेपालीको पूँजी बजारमा डुबेको भन्दै उनले पूँजी बजारमा नयाँ तरंग लउन सक्नुपर्ने बताए । "धेरै नेपाली पूँजी डुबेको छ" उनले भने "पूँजी बजारमा बजेटले नयाँ तरंग ल्यावस् ।"

बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशतको हाराहारीमा रहेको ब्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थिती आएको उनले बताए । उनले राष्ट्र बैंकसँग रहेको ५ सय अर्ब भन्दा बढी पुँजी तरलता अभाव कम गर्न जानुपर्ने बताए ।

अहिले सरकारको पूँजीगत खर्च ३१ प्रतिशत मात्रै गरेको अवस्थामा सरकारले विकास खर्च गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने अवस्था पनि अन्त्य गर्नुपर्ने उनले बताए ।

पूँजी बजारमा आशाको किरण छर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय सर्वसाधारणले पूँजी बजारमा धेरै सम्पत्ति गुमाएको भन्दै चौधरीले बैंकमा तरलता नहुँदा ब्याजदर बढिरहेको हुँदा यस्ता समस्या समाधान गर्दै फेरि एकपटक पूँजीबजार सुधार हुने गरी बजेट आउनु पर्ने बताएका छन् ।