पैसा नभएको ९ लाखको चेक काट्ने गोरखाका रेग्मी पक्राउ

पैसा नभएको ९ लाखको चेक काट्ने गोरखाका रेग्मी पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।
नौ लाख रुपैयाँको चेक बाउन्स गर्ने गोरखाको प्रकाश रेग्मी पक्राउ परेका छन् । मुक्तिनाथ विकास बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

३७ वर्षिय रेग्मीले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७९/०२/०३ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।

उनलाई अदालतले साढे ९ लाख जरिवाना र एक दिनको जेल सजाए सुनाएको थियो ।