नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्दाको फैसला आज हुँदै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिटको फैसला आज हुने भएको छ । उक्त रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।

सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न अन्तरिम आदेश दिएको थियो । मंगलबारका लागि संयुक्त इजलाश डाकिएको थियो । सो इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । आज अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको हो । सर्वोच्च अदालतले जेठ ३ गते राष्ट्र बैंकलाई पनि बोलाएको छ ।

दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।