बैंकिङ्ग समाचार, काठमाडौं ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । बैशाख २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।
संशोधित लाभांशसँगै संस्थाले सेयरधनीलाई ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसअघि संस्थाले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
अब संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।
साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन नेपाल लघुवित्त वित्तीय संस्था बनेका हुन् । यससँगै विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को संचित नाफाबाट चुक्ता पुँजीको ९.३३ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश पारित पछि संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ नाघ्ने छ ।
प्रतिक्रिया