मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न युनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा

मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न युनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्सले मर्जर तथा एक्वीजिशन सम्बन्धि प्रस्ताव पारित गर्न २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते, विहान ११ बजे, अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा सभा बोलाएको हो ।

सभाले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कुनै निर्जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा त्यस सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पती र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै डिडिए गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ताको नियुक्ति र निजको पारिश्रमीत तोक्ने लगायतका मर्जर सम्बन्धी सम्पुर्ण अन्य आवश्यक प्रकृया पुरा गर्न पनि सञ्चलक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार जेठ ८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागि हुन सक्नेछ ।