सिभिल बैंकको बचत खातामा ९.०३% सम्म ब्याज, मुद्दति निक्षेपमा कती ?

सिभिल बैंकको बचत खातामा ९.०३% सम्म ब्याज, मुद्दति निक्षेपमा कती ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३% प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याजमा व्यक्तिगतलाई ९.०३ देखि १२.०३ प्रतिशत, संस्थागतलाई १०.०३ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले ब्याजको आधारदर १०.२४ प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ८ प्रतिशत सम्म थप गरेर ब्याज तिर्नु पर्नेछ ।