बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जेठ २ गते र्आतबार बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८३ ‘ख’ को छैठौं किस्ताको अर्धवार्षिक व्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने बैंकले जनाएको छ ।
यसैबिच बैंकले आरटीजीएस प्रणालीको समय सिमा पनि तोकेको छ । बैंकले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम जेठ १ गतेदेखि लागु हुने गरी शुक्रबारको कार्यालय समय परिवर्तन गरेको हो । बैंकका अनुसार उक्त मिति देखि हरेक शुक्रबार आरटीजीएस प्रणालीमा आरटीजीएस प्रणाली नियम २०१९ एपेन्डिक्स ६ (२०७९/०१/०४ मा संशोधित) बमोजिमको नर्मल विजनेश डे सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया