बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्ससंग मर्जर सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ९४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.२१ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १२.०१ प्रतिशतले बढेर ४३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १३ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ९ लाख रुपैयाँ र बीमा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात ४८.१५ गुणा रहेको छ ।
प्रतिक्रिया