बैंक अफ काठमाण्डुले ऋणपत्र निष्काशन गर्न बोर्डमा दियो निवेदन

बैंक अफ काठमाण्डुले ऋणपत्र निष्काशन गर्न बोर्डमा दियो निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डुले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू. १ अर्ब १० करोड बराबरको बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न सेबोनमा वैशाख २६ गते निवेदन दिएको हो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ७ वर्षका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा बिओके डिबेञ्चर २०८६ नामक ऋण्णपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।