माछापुच्छ्रे क्यापिटलको कार्यवाहक सीईओमा निरजमान सैंजु नियुक्त

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त भएका छन् । कम्पनीको वैशाख २५ गते आइतबार बसेको संचालक समितिको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरजमान सैंजुलाई नियुक्ति गरेको हो ।

सैंजुको नियुक्ति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गरेका थिए । 

सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, प्राइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।