एभरेष्ट बैंकको मोबाइल एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

एभरेष्ट बैंकको मोबाइल एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ ।

यससँगै ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ ।

हाल एभरेष्ट बैंकले आफ्ना ११५ शाखा, ३१ राजश्व सङ्कलन काउन्टर, १५० एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।