बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्थाबीच मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुई लघुवित्तबीच मर्जर पश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाममा कायम हुन आएको ७९ लाख १९ हजार ८४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुई लघुवित्तबीच १ बराबर १ को अनुपातमा मर्ज भएको थियो ।
मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार संकेत एसडब्लुएमएफ (SWMF) प्रदान गरेको छ । अब सोहि कारोबार संकेतमा लघुवित्तको शेयर किनेबेच हुनेछ ।
प्रतिक्रिया