बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ्ग कसूर मुद्दामा ३६ लाख ७५ हजार जरिवाना ठहर भएका व्यक्ति पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय रामसुन्दर डंगोललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
५० वर्षीय उनलाई प्रहरीले सोमबार काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको हो । गत असोज २ गते उनले कैलाश विकास बैंक लिमिटेडको खातामा पैसा नभएको जानीजानी चेक काटेर दिएका थिए ।
रकम भुक्तानी हुन नसकेपछि उच्च अदालत पाटनले वैशाख ४ गते बैंकिङ कसुरमा ७ दिन कैद र ३६ लाख ७५ रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
प्रतिक्रिया