महालक्ष्मी विकास बैंकद्वारा महाराजगंज र नक्सालमा क्यूआर कोड वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ ।

नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा क्यूआर कोड वितरण गरेको हो ।

बैंकले उक्त क्षेत्रका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका पसलहरुमा क्यूआर कोड वितरण गरेको हो । क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको छ ।