मल्टीपर्पस फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मल्टीपर्पस फाइनान्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार फाइनान्सको ५ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।