बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाख १६ गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ६८ अर्ब रहेकोमा बैशाख २३ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढे ४३ खर्ब ७३ अर्ब पुगेको छ ।
यस अवधिमा बैंकहरुको कर्जा ४ अर्ब घटेको छ । बैशाख १६ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रहेकोमा बैशाख २३ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।
चालु आर्थिक वर्षको वैशाख महिनाको चौथो साता वाणिज्य बैंकहरुमा निक्षेप थपिनुका साथै कर्जा घट्दा औसत कर्जा निक्षेप अनुपातमा केहि तल झरेको छ ।
बैंशाख महिनाको तेस्रोे साता मात्र ९०.९९ भन्दा माथि रहेको बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९०.८१ प्रतिशतमा झरेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गरेको छ ।
फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए । बैशाखको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् ।
प्रतिक्रिया