बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न सुरु गरेको छ । कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराए पश्चात् कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।
साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंसिर ८ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो । उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । तर, उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
सम्बन्धीत शेयरधनीहरुले बोनस शेयरको कर वापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७/७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न बैंकले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया