साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो, ईपीएस कति ?

साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो, ईपीएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै लघुवित्तको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.४८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६.४६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८.५८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ४२ रुपैयाँ ८३ पैसामा झरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष १२.२७ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २५.७५ प्रतिशत र कर्जा २३.०३ प्रतिशत बढेको छ ।