३ लाख ७९ हजार कित्ता एफपीओ आउन लागेको युनिक नेपाल लघुवित्तको नाफा घट्यो

३ लाख ७९ हजार कित्ता एफपीओ आउन लागेको युनिक नेपाल लघुवित्तको नाफा घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा साढे ८ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म कम्पनीले ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको खराब कर्जा बढेर ४.२६ पुगेको छ ।

चैत मसान्तसम्म लघुवित्तले २ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन तथा कर्जा सापटी लिएर ३ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.३४ प्रतिशत धेरै हो । यस्तै कम्पनीको सञ्चालन नाफा १० करोड २७ लाख रुपैयाँ छ । अघिल्लो आवको यसै अवधिमा कम्पनी १६ करोड ९४ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

युनिक नेपाल र घोडीघोडा लघुवित्त एक आपसमा मर्जरपछि सेयर स्वाप अनुमात मिलान गर्न कम्पनीले थप नयाँ सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्दैछ । लघुवित्तले नेपाल धितोपत्र बोर्डमा ३ लाख ७९ हजार ४२५ हजार कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागिसकेको छ । एफपीओको बिक्री गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

नेप्सेमा सूचीकृत घोडीघोडा लघुवित्त र सूचीकृत नभएको युनिक नेपाल लघुवित्तबीच एक आपसमा मर्ज भएर २०७८ पुस ३० गतेदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार भएको हो । घोडीघोडा लघुवित्त युनिक नेपालसँग १ः०.५० अनुपातमा मर्ज भएको हो ।