नेपाल लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट पाउने

नेपाल लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट पाउने भएका छन् । समयमै बीमा नविकरण शुल्क नबुझाएको बीमितले ३५ प्रतिशत ब्याज छुट पाउने भएका हुन् ।

कम्पनीले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन नसकेका तथा ढिला भएका बीमितहरूलाई व्याज छुट दिने भएको हो ।

कम्पनीले २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण शुल्क समयमा भुक्तानी नगरी व्यतित भएका सम्पूर्ण बीमालेखहरूमा ३५ प्रतिशत ब्याज छुट दिने भएको हो ।

यस्तो छुट २०७९ बैशाख २५ गतेदेखि २०७९ असार २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।