एनआईसी एशिया क्यापिटलको पीएमएसमा “९९% प्रोफिट योजना” सार्वजनिक, मुनाफामा १% मात्र परफमेन्स फि लिने

एनआईसी एशिया क्यापिटलको पीएमएसमा “९९% प्रोफिट योजना” सार्वजनिक, मुनाफामा १% मात्र परफमेन्स फि लिने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटलले “हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९% हजुरको हातमा” भन्ने अभियान सहित “९९% प्रोफिट योजना” संचालन गरेको छ ।

शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्राई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधीको लागि उक्त योजना ल्याइएकाे हाे ।

साे सेवा अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत परफमेन्स फि लिनेछ ।

९९% प्रोफिट योजना अन्तर्गतका विशेषताहरुमध्ये लगानी व्यवस्थापन शुल्क निःशुल्क हने, हर्डल रेट लगानी नहुने, परफरमेन्स फि मुनाफाको १ प्रतिशत मात्र, मुनाफा वितरण अनुपात ९९ प्रतिशत हुने, न्युनतम लगानी रकम १० लाख रुपैयाँदेखि गर्नुपर्ने, समयावधि कम्तीमा १ वर्षको अवधि हुनेछ ।

यसैगरी, अनलाईन मार्फत समेत बिदेश तथा स्वदेशको जुनसुकै भुभागबाट सेवा लिन सकिन्छ र नगद वा १० लाख रुपैयाँ बराबरको शेयर समेत दिई सेवा लिन सकिनेछ ।

यस ९९ प्रतिशत प्रोफिट योजना अन्तर्गतको सेवाले शेयर बजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रबेश गरी राम्रोसँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजार सम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलको विश्वास रहेको छ ।

साथै,उक्त सेवा लिने सेवाग्राहीहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिने छ । जसले गर्दा बजारमा आउने उतार चडावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्ने क्यापिटलले जनाएकाे छ ।