एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिले दियो सैद्धान्तिक सहमती

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिले दियो सैद्धान्तिक सहमती


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले एभरेष्ट इन्स्योरेन्सर हिमालयन इन्योरेन्सलाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

समितिले बीमक गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्देशिका, २०७६ को दफा ६ बमोजिम दुई बीमकहरुलाई एक आपसमा गाभ्न/गाभिन शुक्रबार सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

बिमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्ककर्ताको नियुक्ती गरी समितिलाई विवरण पेश गर्न पनि समितिले निर्देशन दिएको छ ।

समतिले एक वर्ष भित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुजी कायम गर्न निर्देशन छ ।

समितिको निर्देशन अनुसार पूँजी वृद्धि गर्न बैशाख २२ गते बिहीबार दुई कम्पनीहरुले मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।