बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानहरुमा ४५% सम्मको विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानहरुमा ४५% सम्मको विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको हो । 

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट Purple Haze Restro and Garden, एयरपोर्टचोक, विराटनगरमा १५%, Mitho Restaurant and Thakali Kitchen, विर्तामोडमा १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १०%, Meeting Point Restaurant & Bar, विर्तामोडमा ५%, Hotel Earth Light Pvt. Ltd., सौरहा, चितवनमा २०%, Chicken Station, इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd., इमाडोलमा १५% को छुट पाउनेछन् ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत Medicity Pharmacy, विर्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd., इमाडोलमा २५% छुटको ब्यवस्था रहेको छ । 

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनेछन् । जिम/फिटनेस सेन्टर अन्र्तगत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ । 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नेछन् । यसको विस्तृत विवरण बैंकको वेवसाइट www.bok.com.np मा उपलब्ध रहेको छ ।