ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सम्झौता

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच निजी क्षेत्रको नेतृत्वका सौर्य मिनी ग्रिड परियोजना सम्बन्धमा भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ । उक्त रकम ग्लोबल आइएमई बैंकले एक सय किलोवाट पावर सौर्य मिनी ग्रिड परियोजना निर्माण÷जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने छ ।

बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एव्म बैंकका अन्य उच्च पदस्त कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय बृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौताअन्तर्गत देशको दुर दराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।