बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाख ९ गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ६७ अर्ब रहेकोमा बैशाख १६ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढेर ४३ खर्ब ६८ अर्ब पुगेको छ ।
यस अवधिमा बैंकहरुको कर्जा ३ अर्ब बढेको छ । बैशाख ९ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रहेकोमा बैशाख १६ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा ३ अर्बले बढेर ४१ खर्ब ९७ अर्ब पुगेको छ ।
फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए । बैशाखको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् ।



About Us
प्रतिक्रिया