लुम्बिनी विकास बैंकको दुई नयाँ शाखा कलंकी र नुवाकोटको बट्टारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले बैशाख २१ गते बुधबार देखि थप दुई शाखाहरु उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ ।

बैंकले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुयाउने उद्घेश्यले ८० औं शाखाको रुपमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकीमा र ८१ औं शाखाको रुपमा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २, स्थित बट्टारमा शाखा विस्तार गरेको हो ।

बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका छन् भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराईले तथा नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

थप दुई शाखा विस्तारपछि बैंकले देशको ७ वाटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । बैंकले निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको वाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।