बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ७६ अंकले घटेर २ हजार २ सय ७५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै जाल्पा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले २ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

सर्वाधिक मुल्य बढेका १० धितोपत्रहरुः

\"\"