बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट गत वैशाख १३ गते केन्द्रीय कार्यालय स्थानान्तरण गर्न स्वीकृति पाएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय यसअघि कास्कीको पोखरा महानगरपालिका-८ सिमलचौरमा रहेकोमा वैशाख २५ गतेदेखि रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरमा स्थानान्तरण हुन लागेको हो ।
प्रतिक्रिया