एमालेद्वारा सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय


काठमाडौं – नेकपा (एमाले) को सचिवालय आजको बैठकले ५० लाख रूपैयाँ रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे पनि बैठकलाई अवगत गराएका छन् ।