काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको दि एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई तीन – तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।
विभागले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको थियो । त्यस्तै, बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।
चाडबाड लक्षित अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकाले कारबाही गरेको विभागले जानकारी दिएको छ । दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागले जनाएकाे छ ।



About Us
प्रतिक्रिया