यी हुन् रोयल्टी नबुझाउने ६१ इन्टरनेट सेवाप्रदायक (सूचीसहित)


काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम दाखिला नगर्ने ६१ इन्टरनेट सेवाप्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । मंगलबार कम्पनीले सूचना निकाल्दै राेयल्टी नबुझाउने कम्पनीहरूकाे नाम सार्वजनिक गरेकाे हाे ।

कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को अडिटेड वित्तीय विवरण र सो विवरणअनुसार कुल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टीबापतको रकम र २ प्रतिशतले ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम बुझाउनुपर्ने प्राधिकरणलाई बुझाउनुपर्ने हुन्छ । तर, अटेर गरी हालसम्म पनि रकम दाखिला नगरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अनुमतिपत्रप्राप्त सेवा प्रदायक कम्पनीहरूले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम गत पौष मसान्तभित्र बुझाउन यसअघि नै पत्राचार गरेकाे थियाे ।

मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र यस प्राधिकरणको खातामा दाखिला गरेको रकमको भौचर र अडीटेड वित्तिय विवरणसहित प्राधिकरणमा अनिवार्य रुपमा दर्ता गरी जानकारी गराउन समेत सूचना मार्फत् उल्लेख गरिएकाे छ ।

वितिय विवरण, RTDF  रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरुको विवरण निम्नानुसार छः

१बेनी कम्युनिकेशन्स प्रा. लि.२१मेटा लिंक प्रा. लि.
२बिग मर्स्याङ्दी नेट प्रा. लि.२२मेट्रोलिंक बिजनेस ग्रुप प्रा. लि.
३ब्रोडब्यान्ड सोलुशन्स प्रा. लि.२३नेपाल नेट सञ्चार
४सि. डाटा कम्युनिकेशन प्रा. लि.२४नेपाल वायरलेस
५चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि.२५नेपालिंक कम्युनिकेशन प्रा. लि.
६डिभाइन स्ट्रिम नेटवर्क प्रा. लि.२६नेट म्याक्स टेक्नोलोजीज प्रा. लि.
७डल्फिन नेट कम्युनिकेशन प्रा. लि.२७पी.डी.एस. सर्भर नेटवर्क प्रा. लि.
८ई-लिंक नेट प्रा. लि.२८पाल्स नेटवर्क प्रा. लि.
९एभरेस्ट लिंक प्रा. लि.२९प्राइम नेटवर्क प्रा. लि.
१०फास्ट स्पीड लिंक नेटवर्क प्रा. लि.३०रयापिड युनिक नेटवर्क प्रा. लि.
११जी.आर.एस. लिंक इन्टरनेट सर्भिस प्रा. लि.३१रेग्मी मिडिया इन्क. प्रा. लि.
१२गण्डकी कम्युनिकेशन प्रा. लि.३२सारथी कम्युनिकेशन्स नेटवर्क प्रा. लि.
१३गोरेटो कम्युनिकेशन प्रा. लि.३३शाङ्ग्रिला इन्फर्मेटिक्स प्रा. लि.
१४हक नेट प्रा. लि.३४स्मार्टलिंक टेलिकम्युनिकेशन्स प्रा. लि.
१५आइ. जोन प्रा. लि.३५टेलनेट इन्टरनेट प्रा. लि.
१६कालिका नेट प्रा. लि.३६अल्ट्रानेट कम्युनिकेशन प्रा. लि.
१७खप्तड नेट प्रा. लि.३७युनिफाइड कम्युनिकेशन प्रा. लि.
१८कृति दर्शन मिडिया प्रा. लि.३८युनाइट नेटवर्क्स प्रा. लि.
१९क्षिरेश्वर नेटवर्क प्रा. लि.३९युनाइटेड टेलिकम लिमिटेड
२०लुप नेटवर्क्स प्रा. लि.४०भर्चुअल नेटवर्क प्रा. लि.
नियमानुसार RTDF रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरुको विवरण
१एयरसन इन्टरनेट प्रा. लि.१२वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेड
२एलिशा कम्युनिकेशन लिंक प्रा. लि.१३जिशान नेटवर्क प्रा. लि.
३एरोनेट प्रा. लि.१४ब्रोड लिंक नेटवर्क एण्ड कम्युनिकेशन लिमिटेड
४कम्युनिकेशन्स एण्ड कम्युनिकेट नेपाल प्रा. लि.१५क्लासिक टेक प्रा. लि.
५फस्टलिंक कम्युनिकेशन्स प्रा. लि.१६एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि.
६कनेक्ट नेपाल नेटवर्क्स प्रा. लि.१७लाइफ नेट प्रा. लि.
७मर्कन्टाइल कम्युनिकेशन्स प्रा. लि.१८नियो लिंक प्रा. लि.
८पोखरा इन्टरनेट प्रा. लि.१९स्विफ्ट नेटवर्क्स एण्ड कम्युनिकेशन प्रा. लि.
९सुबिसु केबलनेट लिमिटेड२०टेकमाइन्ड्स नेटवर्क प्रा. लि.
१०भायानेट कम्युनिकेशन्स लिमिटेड२१वेब सर्फर नेपाल कम्युनिकेशन्स सिष्टम प्रा. लि.
११वाइफाइ टेक नेपाल प्रा. लि.