रिभर फल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड

रिभर फल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सोमबार रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए । 

उक्त आवेदनमा विभिन्न कारणबाट निवेदन पुरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता शेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता शेयर मध्येबाट १० कित्ता माग गर्ने २२७ २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ ज्ना, १०० कित्ता माग गर्ने २४९२ जना शेयर परेको थियो । 

त्यस्तै, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरिएको छ । यसैगरी १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये  चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँड गरिएको छ । 

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७८ चैत्र २७ गते देखि २०७९ बैशाख ११  गते सम्म संखुवासभा जिल्लाका स्थानीयलाई सार्वजनिक निष्काशन खुला गरेको रिभर फल्स पावर लिमिटेडको ७,००,००० कित्ता साधारण शेयर निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब १.९७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।