बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर बैशाख १२ गते देखि लिलामीमा ल्याएको हो । वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको यो शेयर वैशाख २० गते इदको सार्वजनिक विदा परेकाले वैशाख २१ गतेसम्मको मिति तय गरिएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु,विर्तामोड झापा, हनुमानदास रोड विराटनगर मोरङ, जनकपुर धनुषा, आर्दशनगर वीरगञ्ज पर्सा, हेटौडा ,मकवानपुर, नारायणगढ, चितवन, न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल, बागलुङ बजार, बागलुङ, त्रिभुवन चोक नेपालगञ्ज बाँके, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी, कैलाली महेन्द्रनगर र कञ्चनपुरबाट लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया