काठमाडौँ – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा भोलि अर्थात असोज १६ गते बुकक्लोज गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १४।२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।






About Us
प्रतिक्रिया