सिराहका बिद्यार्थीलाई पढाइयो बैंकिङ्ग शिक्षा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिराहाको लाहान स्थित जे.एस. मुरारका क्याम्पसमा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नबिल बैंकसंगको सहकार्यमा नेपाल राष्ट्र बैंक, हिमालय टेलिभिजन र अनलाईन खबर डट कमले संयुक्त रुपमा आयोजना गरेको थियो ।

आम मानिसको जिवनस्तर उकास्न र दैनिकी सहज बनाउन डिजिटल बैंकिङ्गले ठूलो टेवा पुर्‍याउने तर प्रयोग गर्न नजान्दा वा यस विषयमा ज्ञान नराखि सुनेको भरमा प्रयोग गर्दासजिलै ठगिन सक्ने भएकाले वित्तिय संगै विद्युतिय साक्षरता पनि उत्तिकै आवश्यक रहेको नेपाल राष्ट्र बैंकका भुक्तानि प्रणाली विभागका निर्देशक निश्चल अधिकारीको भनाई छ ।

\"\"

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक जनकपुरकी निर्देशक निरा ताल्चाभडेलले वित्तिय साक्षरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम निकैनै महत्वपूर्ण रहेको र नेपाल राष्ट्र बैंकको तर्फबाट पनि सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गरिन् । 

यस्तै कार्यक्रममा नबिल बैंकका मधेस प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले बैंक र यसले दिने सेवा सुविधा, डिजिटल माध्यमबाट कारोबार गर्ने तरिका र यसले पुर्‍याउने सहजताबारे जानकारी दिए । 

\"\"

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ लाहानका अध्यक्ष अशोक लाल अमात्यले शिक्षक वर्गमा पनि वित्तिय क्षेत्रको ज्ञान हुने हो भने कितावी मात्र नभएर विद्यार्थीहरुले बैंकिङ्ग सम्बन्धि व्यवहारिक ज्ञान पनि लिन पाउने धारणा व्यक्त गरे ।

चेक वाउन्स र विद्युतिय माध्यमबाट हुने बैंंकिङ्ग कसूरका घटना लाहानमा पनि बढ्दै गएकाले सबैले सजगता अपनाउन र यस बारे अरुलाई पनि सु-सुचित गर्न प्रहरी कार्यालय लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले सुझाब दिए ।

\"\"

किताबबाट बाहिर र मनोरञ्जन भन्दा बाहेक पनि अध्ययन गर्नाले धेरै कुराको ज्ञान लिन सकिने भएकाले समाज र मुलुकको वित्तिय अवस्थाबारे अपडेटेड रहन नबिल बैंक लाहानका प्रमुख विश्व घिमिरेले आग्रह गरे । 

जे.एस. मुरारका क्याम्पसका प्रमुख तुलसीराम पोखरेलले वित्तिय क्षेत्रबारे थाहा पाउनैपर्ने कुराहरु कार्यक्रमबाट जान्ने अवसर पाएको बताए । त्यस्तै कमाई, बचत र लगानि बिचको सामञ्जस्यता बारे साक्षर गराउनु बैंकिङ्ग शिक्षा कार्यक्रमको मुल उद्देश्य रहेको कार्यक्रमका संयोजक प्रबिन तिमिल्सिनाले बताए ।

\"\"

कार्यक्रमबाट बैंक तथा वित्तिय क्षेत्र र यसबारे साक्षर हुनुको आवश्यकता बारे जान्न पाउदा धेरै खुसी लागेको र आफुले जानेको कुराबारे परिवार र साथिभाईलाई पनि जानकारी दिने विद्यार्थीहरुको भनाई छ ।