बैंकिङ्ग समाचार, काठमाडौं ।
आज साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४८ दशमलव ७३ अंक घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ३०७ दशमलव ४४ विन्दुमा झरेको हो ।
आज २२८ वटा कम्पनीको ३९ करोड ७८ लाख ०७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार पुन: २ हजार ३०० को मनोवैज्ञानिक विन्दुमा झरेको छ । चुनावी माहोल शुरु भइसक्दा पनि बजारले सकरात्मक हुन सकेको छैन । यसभन्दा अगाडि लगानीकर्ताहरु चुनावी माहोल शुरु हुन थालेसँगै बढ्ने आशामा थिए । तर त्यसको विपरित तरिकाले बजार घटिरहेको छ ।
प्रतिक्रिया