बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थसचिव मधु मरासिनीले आगामी नयाँ बजेटमा कर नबढाउने वाचा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताउँदै करको दर नभई दायरा बढाउँने बताए । यस्तै, उनले विद्यमान आर्थिक अवस्थाको विषयमा दीग्भ्रमित हुनु पर्ने अवस्था नरहेको भन्दै सजग हुनुपर्ने अवस्था रहेको बताए ।
‘अबको बजेटमा करको दर होइन दायरा बढाउँछौं, ती क्षेत्र के हुन सक्छन् त्यसमा निजि क्षेत्रको सहयोग चाहिन्छ’, उनले भने ।
उनले सिमेन्ट क्षेत्र लिडिङ सेक्टरको रुपमा आइरहेको भन्दै यस्ता क्षेत्र पहिचान गरेर काम गर्दा नै सोचेजस्तो देश बन्ने दाबी गरे ।
प्रतिक्रिया