राष्ट्र बैंकमा पैसा राख्दा ११ प्रतिशत ब्याज पाइने

राष्ट्र बैंकमा पैसा राख्दा ११ प्रतिशत ब्याज पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाटै सो दरमा ब्याज पाइने भएको छ । यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो । 

राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकोले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने सम्भावना बढेको छ । 

राष्ट्र बैंकले १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक बचत पत्रको ब्याजदर ११ प्रतिशत तोकिएको छ । चार वर्षमा परिपक्व हुने यो बचत पत्रमार्फत् राष्ट्र बैंकले २ अर्ब रूपैयाँ उठाउन लागेको हो । यस्तो बचत पत्रको ब्याज भुक्तानी ६/६ महीनामा हुन्छ । 

यसमा किम्तमा १० हजार रुपैयाँसम्म लगानी गर्न सकिन्छ । यस्तो बचत पत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ । सरकारको लागि आन्तरिक ऋण उठाउन यस्तो बचत पत्र जारी गरिन्छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ४ अर्ब रुपैयाँको बचत पत्र निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । यो वैशाखदेखि असारसम्ममा मात्रै ३ अर्ब ३ करोड रुपैयाँ उठाउन लागेको हो ।