आज शेयर कारोबार बन्द

आज शेयर कारोबार बन्द


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतवार (आज) शेयर कारोबार बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएसँगै धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको हो ।

अब शेयर बजार सोमबार मात्र खुल्नेछ । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ हजार ३५६ दशमलव २० विन्दुमा झरेर बन्द भएको थियो ।