चन्द्रागिरी हिल्स अझै तीन करोड नोक्सानीमा

चन्द्रागिरी हिल्स अझै तीन करोड नोक्सानीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा अझै तीन करोड नोक्सानीमा रहेको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवतरण अनुसार चैत मसान्तसम्ममा २ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । समीक्षा अवधीमा कम्पनीको आम्दानी १४१ प्रतिशतले बढेपछि खुद नोक्सानीमा १५ करोडले सुधार आएको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४२ करोड ३ लाख १८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कोभिड महामरीका कारण अघिल्लो आवको यसै अवधिमा यस्तो आम्दानी १७ करोड ४२ लाख २० हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको चैत मसान्तसम्ममा प्रतिसेयर आम्दानी २.५६ रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७०.७० रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ३२ करोड ८ लाख ३८ हजार रहेकोमा १२ करोड बढेर ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक भएको छ ।