काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था एवम् सर्वसाधारणले जम्मा गर्न तथा सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका विभिन्न दरका नोट धुल्याएको हो। राष्ट्र बैंकले सफा नोट नीतिको प्रभावकारी कार्यान्वयन र सुकिला नोटको प्रवाह बढाउन दसैं, तिहार तथा छठ पर्वमा नयाँ नोटको सट्टा सुकिला नोट व्यवस्थापन गरी वितरण गरिएको जनाएको छ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तसम्म नोट चलनचल्तीमा ६.०८ प्रतिशतले वृद्धि भएको छ। यससँगै बजारमा चलनचल्तीमा रहेका विभिन्न दरका नोटको कुल मूल्य ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकमा २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ बैंकनोट मौज्दात रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ रहेको थियो। नयाँ नोटको मौज्दात अघिल्लो वर्षको तुलनामा ३७ अर्ब ४२ करोड २६ लाख १ हजार रुपैयाँले बढेको छ।





About Us
प्रतिक्रिया