काठमाडौं – सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। अदालतले विपक्षीहरूका नाममा कारण पेश आदेश जारी गरेको हाे।
साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन बोलाइएको छ। कार्कीले आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च रिट दायर गरेका थिए। कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।





About Us
प्रतिक्रिया